डोरी टान प्रतियोगितामा शिवराजलाई दोस्रो पदक
दिपक के.सी.
कपिलवस्तु जिल्लामा पहिलो पटक आयोजना गरिएको जिल्ला डोरी टान प्रतियोगितामा शिवराज नगरपालिकाले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । मंगलबार भएको प्रतियोगितामा शिवराज डोरी टान संघका महिला खेलाडीले दोस्रो स्थान प्राप्त गर्न सफल भएका हुन ।

जिल्लाका १० वटा स्थानिय तहका डोरी टान खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा पुरुष तर्फ प्रथम कृष्णनगरपालिका प्रथम र महिला तर्फ बाणगंगा नगरपालिका प्रथम भएको शिवराज डोरी तान संघका अध्यक्ष विष्णु हमालले बताउनु भयो । विजेता खेलाडीहरुलाई शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको हमालले बताउनु भयो । जिल्ला स्तरिय डोरी ताट प्रतियोगिताबाट शिवराज नगरपालिका १ जना खेलाडी सिराहमा हुने प्रतियोगिताका छनौटमा परेको समेत हमालले बताउनु भयो । खेललाई व्यवस्थित बनाउन स्थानिय तहहरुमा रहेका डोरी टान संघलाई स्थानिय तहहरुले सहयोग गर्नु पर्ने समेत अध्यक्ष हमालले बताउनु भयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


