प्युठान : आगलागीमा परेर दुई बालबालिकाको ज्यान गयाे
प्युठान – प्युठानको गौमुखी गाउँपालिका ३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएकाे छ ।
बुधवार बिहान नाै बजेतिर स्थानीयवासी रमेश रानाको गोठमा आगलागी हुँदा उहाँका सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाकाे ज्यान गएकाे गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।
घरमा अभिभावक नभएको बेला आगलागी भएको अध्यक्ष गिरीकाे भनाइ छ । अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


