नेपालमा वायु प्रदूषण कम हुँदै, अति हानिकारक अवस्थाबाट केही सुधार
काठमाण्डाै – नेपालमा वायु प्रदूषणको अति हानिकारक अवस्थाबाट केही सुधार भएको छ ।
वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई ३ सयभन्दा धेरै भएमा अति हानिकारक मानिन्छ ।
अति हानिकारक अवस्थाबाट सुधार भएर अति अस्वस्थ अवस्थामा झरेको वातावरण विभागले जनाएको छ ।
२ सयभन्दा धेरै एक्यूआई भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ । अहिले नेपालको एक्यूआई २३४ मापन गरिएको छ ।
वायु प्रदूषण कम हुँदै गएको भए पनि प्रदूषणमा विश्वको सूचीमा पहिलो नम्बर भने कायमै रहेको छ । काठमाण्डौ विश्वकै प्रदूषित सहरमा पहिलो नम्बरमा सूचीकृत भइरहँदा भारतको नयाँदिल्ली दोस्रो स्थानमा रहेको छ ।
यस्तै चीनको सिनयाङ तेस्रो, साउदी अरेबियाको रियाद चौथो र पाकिस्तानको कराँची पाँचौँ स्थानमा रहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


