भारत कोरोनाको हटस्पट बन्दै, उत्तर प्रदेशका तीन जिल्लामा रात्रिकालीन कर्फ्यु
काठमाण्डाै – भारतको उत्तर प्रदेशमा कोरोनाको जोखिम उच्च भएपछि तीन जिल्लामा रात्रिकालीन कर्फ्यु लागू भएको छ ।
लखनउ, प्रयागराज र वाराणसीमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू भएको छ । यो समयमा अत्यावश्यक सेवाका गाडीलाई भने ओहोरदोहोर गर्न दिइनेछ ।
योबाहेक उत्तर प्रदेशमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँ र हरेक दिन एक सयभन्दा बढी नयाँ बिरामी भेटिएका ठाउँमा पनि राति कर्फ्यु लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले परिस्थिति हेरेर थप निर्णय गरिने बताउनु भएको छ ।
उत्तर प्रदेशमा हिजो ६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै एक लाख २६ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेकाको वर्ल्डओमिटरले जनाएको छ।
भारतमा गएको २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६६ हजार ८ सय ९२ पुगेको छ । भारतमा अहिलेसम्म एक करोड ९२ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाकाे कारण अवस्था गम्भीर बन्दै गएको छ ।
त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


