पत्रकार महासङ्घको चुनाव : ६० प्रतिशत ठाउँमा पोख्रेलको प्यानल अघि, परिणाम आउन अझै दुई दिन लाग्ने
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि बुधवार भएको चुनावको मतगणना भइरहेको छ । केही जिल्लामा मतगणना सम्पन्न भइसकेको छ भने केही जिल्लाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्म निर्वाचन समितिलाई ६५ जिल्लाको अन्तिम मत परिणाम प्राप्त भएको निर्वाचन समितिका प्रमुख कपिल काफ्लेले उज्यालोलाई जानकारी दिनुभयो ।
१२ सयभन्दा धेरै मत खसेको काठमाण्डौ जिल्लाको मतगणना नै सुरु भएको छैन । काठमाण्डौको मतगणना शुक्रवार बेलुकी या शनिवार बिहान मात्रै सकिने भएकाले महासङ्घको अन्तिम परिणाम आउन अझै दुई दिन लाग्ने संयोजक काफ्लेको भनाइ छ ।
अहिलेसम्मको नतिजाअनुसार विपुल पोख्रेलको प्यानलले देशका धेरै ठाउँमा अग्रता लिइरहेको छ । प्रारम्भिक परिणामको अनुपात हेर्दा ६० प्रतिशत मत पोख्रेलको पक्षमा र ४० प्रतिशत मत निर्मला शर्माको पक्षमा रहेको छ ।
महासङ्घका १३ हजार एक सय २२ जना सदस्य रहेकोमा बुधवार भएको मतदानमा झण्डै १२ हजार मत खसेको अनुमान निर्वाचन समितिले गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


