कपिलवस्तुमा कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त १२ वर्ष पछि पक्राउ
कर्तव्य ज्यान मुद्धामा १२ वर्ष देखि फरार रहेका एक अभियुक्तलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका शिवराज नगरपालिका ७ जवभारी (साविक जवाभारी गाविस २) का ४० वर्षीय असलम मुसलमानलाई पक्राउ गरी अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु वाट खटिएको टोलीले मुसलमानलाई कपिलवस्तुको यशोधरा गाउँपालिका ७ मर्यादपुर वाट पक्राउ गरिएको थियो । बिहीवार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरी पक्राउ परेका मुसलमानलाई सार्वजनिक गरेको हो ।
कपिलवस्तुको साविक शिवपुर गाविस वडा ५ का ४२ वर्षीय विश्वनाथ यादवलाई २०६५ साल साउन १४ गते मुसलमान सहित केहि व्यक्तिहरुले सल्लाह गर्न छ, भनी घरदेखि पूर्व वाटोको चोकमा लगी घाटी र दाहिने छातीमा गोली हानि हत्या गरेको प्रहरीले जनाएको छ ।२०६९ साल जेठ २ गते जिल्ला अदालतले अभियुक्त मुसलमानलाई सर्वस्वसहित जन्मकैदको ठहर गरेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


