पत्रकार महासङ्घकाे चुनाव : ६० भन्दा बढी जिल्लाको गणना सकिँदा पोख्रेलकाे प्यानललाई अग्रता
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वको लागि अस्ति बुधवार भएको चुनावको मतगणना जारी छ ।
७७ जिल्लामा भएको चुनावको ६० भन्दा बढी जिल्लामा गणना लगभग सकिएको छ । अहिलेसम्म भएको मतगणनाले अध्यक्षका उम्मेदवार विपुल पोख्रेलको प्यानलले नै अग्रता बनाएको छ ।
काठमाण्डौको केन्द्रको मत गन्न भने बाँकी छ । १२ सय ३४ मत परेको काठमाण्डौको केन्द्रमा अहिले केहीबेरपछि मत गणना गर्ने तयारी छ । केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उम्मेदवारी रहेको छ । यस्तै, प्रतिष्ठानतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
बिहान ११ बजेसम्ममा प्रतिष्ठानतर्फको सबै नतिजा आइसक्ने निर्वाचन अधिकृत राजन कुईँकेलले जानकारी दिनुभयो । प्रतिष्ठानतर्फको केन्द्रीय समिति सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी भएका छन् ।
अधिकारी पोख्रेल प्यानलका हुनुहुन्छ भने दाहालले स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । यस्तै, एसोसिएटतर्फको पनि मतगणना चलिरहेको छ । चुनावका सबै नतिजा आउन अझै एक/दुई दिन लाग्ने निर्वाचन समितिका संयोजक कपिल काफ्लेले उज्यालोलाई जानकारी दिनुभयो ।
अस्ति, ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको हो । बैतडीमा सदस्यता वितरणको विवादले जिल्ला कार्यसमितिको चुनाव हुन सकेन । बैतडीमा पनि छिटै नै चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


