प्रदूषण कम हुँदै : काठमाण्डौसहित धेरै ठाउँको वायु अझै अस्वस्थ
काठमाण्डाै – नेपालमा वायु प्रदूषण कम हुँदै गएको छ ।
वायु प्रदूषण अहिले अति हानिकारक अवस्थाबाट अस्वस्थ अवस्थामा झरेको वातावरण विभागले जनाएको छ ।
केही दिनअघि नेपालको वायु प्रदूषण मापन गर्ने एक्यूआई ४ सय ७० सम्म पुगेको थियो । अहिले सुधार भएर १५० भन्दा तल झरेको छ ।
वायु प्रदूषण कम हुँदै गएको तर अस्वस्थ अवस्था अझै कायम भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् । वायु प्रदूषणको मात्रा मापन गर्ने एक्यूआई ३ सयभन्दा धेरै भएमा अति हानिकारक मानिन्छ । दुई सयभन्दा धेरै एक्यूआई भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ । हिजो नेपालको एक्यूआई दुई सयभन्दा माथि मापन गरिएको थियो ।
ठूलो पानी नपर्दासम्म अझै केही दिन प्रदूषण कायमै रहने सम्भावना छ । अहिले विश्वमा नेपालसहित चीनको सेङयाङ, पाकिस्तानको लाहोर, बङ्गलादेशको ढाका, भारतको दिल्लीलगायत ठाउँमा सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ ।
यसैबीच, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज हल्का पानी पर्ने सम्भावना रहेको माैसमविद्ले बताएका छन्। मौसमविद् निराजन सापकोटाका अनुसार नेपालमा अहिले न्यूनचापीय मौसमी प्रणालीको विकास भएको छ ।
यो मौसमी प्रणाली प्रदेश-१ हुँदै नेपाल प्रवेश गरेकाले एक/दुई दिन हल्का पानी पर्ने र आउँदो सोमवारपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट आएको न्यूनचापीय मौसमी प्रणाली विकास भएकाले आज बेलुकीपछि उपत्यकासहित प्रदेश-१ र पहाडी ठाउँमा पानी पर्ने मौसमविद् सापकोटाले बताउनुभयो ।
अहिले कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश एकको मौसम आंशिक बद्ली भएको छ । यस्तै केही दिनदेखि तराई र पहाडि ठाउँहरुमा लागेको तुवाँलो अझै कायमै छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


