सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट

सुर्खेत – सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् ।

बराहताल-९ मा रहेको सिस्नेरी बस्तीमा आगलागी भएको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो । बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका वडा अध्यक्ष कार्कीको भनाइ छ । सिस्नेरी गाउँमा १८ भन्दा धेरै घरधुरी रहेका छन् ।

अहिले आफूसहितको टोली तत्काल आवश्यक पर्ने राहत सामग्री लिएर घटनास्थल जान लागेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताउनुभयो।

TOP