पश्चिमी धर्म र प्रलोभनका कारण नेपाली धर्म संस्कृति सङ्कटमा – पूर्वराजा ज्ञानेन्द्र
विश्वप्रशिद्ध धार्मिक स्थल भारतको हरिद्वारस्थित महाकुम्भ मेलामा अतिथिका रूपमा पाल्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले सबै मिलेर हिन्दु धर्म र संस्कृति बचाउनुपर्ने बताउनुभएको छ।
उहाँले आफ्नो धर्म बचाउँदै संस्कृतिको रक्षा गरेर मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो।
उहाँले भन्नुभयो, “अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा गंगा नद नदीहरूको प्रवाह स्वच्छ पार्नु छ”, ‘भगवान रामले भन्नु भएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै समेत बताउनुभएको थियो।
हिन्दू सभ्यता, हिन्दूत्व रसनातनिक आर्य संस्कृति, वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थ सबै महत्वपूर्ण भएको भन्दै तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनूशिलन आफैमा गहन भएको पूर्वराजा शाहले बताउनुभयो।
धर्मका नाममा पश्चिमेली संस्कृति अगाल्ने काम भइरहेको छ। हिन्दू धर्म मात्र नभई विभिन्न धर्मलाई हामीले बचाएर राख्नुपर्ने भएको छ। आ – आफ्नो धर्म, संस्कृति, रीतिरिवाज लाई हामी सबैले मान्दै जानुपर्ने र अब आउने हाम्रा सन्ततिलाई पनि धर्म संस्कृतिका बारेमा बताउँदै जानुपर्ने पूर्व राजा ज्ञानेन्द्रले बताउनुभएको थियो। साथै नेपालमा पछिल्लो समय आफ्नो धर्म भुलेर विदेशी धर्म संस्कृति अंगाल्ने प्रवृत्ति बढेको भन्दै यस्ता धर्मले नेपाली पन नासिने भएका कारण हामी सबै नेपाली यस्ता धर्मलाई छाडेर नेपाली धर्म संस्कृति रीतिरिवाज लाई अगाल्न पर्ने भएको पनि बताउनुभएको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


