गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको अध्यक्षमा थापा चयन
विजयनगर ।
विजयनगर गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको अध्यक्षमा मधवानगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खडक बहादुर थापा चयन हुनुभएको छ । सोमवार भएको गाउँपालिका स्तरीय भेलाले थापाको अध्यक्षतामा ९ सदस्यसहित गाउँपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन गरेको हो । कार्यक्रम खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजना र गाउँपालिका सहयोगमा गाउँपालिकाको सभाहल खडैचामा भएको आयोजकले जनाएको छ ।
विजयनगर गाउँपालिका खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्रतिनिधिहरुको भेलाले सर्वसम्मत रुपमा थापालाई अध्यक्ष पदमा चयन गरेको हो । जसको उपाध्यक्ष तिल कुमारी अधिकारी, सचिव मिर्जा प्रसाद चौधरी, कोषाध्यक्ष तेज प्रसाद पौडेल, सह–सचिव विदेशनी चौधरी, सदस्यहरुमा सीता थापा, जगदीश थारु, जुगुरी परियार र घनश्याम भर चयन हुनुभएको छ । जिल्ला सदस्यका लागि कृष्ण प्रसाद भण्डारीलाई पठाइएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिका भरीका प्रत्येक घरमा स्वच्छ, शुद्ध खानेपानी पु¥याउने उद्धेश्यले अगाडी बढी रहेको बताउनुभएको छ । उहाँले गाउँपालिका भरीमा रहेका खानेपानी समस्याका आवाजलाई उठाउनुपर्ने बताउनुभयो । गाउँपालिकाका लागि जिल्लाले प्रदेश सरकारबाट ३ ओटा खानेपानी ओभर हेड ट्याङ्कीको सम्झैता गरिसकेको बताउँदै गाउँपालिका महासंघले खानेपानी समस्याका आवाजलाई उठाउँदै गाउँपालिका र जिल्लासम्म अभियानकर्ताको रुपमा प्रदेश र केन्द्रसम्म पु¥याउन अनुरोधसमेत गर्नुभयो ।
अध्यक्ष थापाले जनताका आशा, आपेक्षा अनुसार स्वच्छ, शुद्ध खानेपानीका लागि गाउँपालिका उपभोक्ता महासंघले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवगठित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामनासमेत दिनुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका जिल्ला सदस्य रवि दत्त मिश्रले स्वच्छ, र शुद्ध खानेपानी अभियानलाई सफल बनाउन बनाउन सम्पूर्ण उपभोक्ता समुहलाई अनुरोध गर्नुभएको छ । स्वच्छ खानेपानी बिना स्वस्थ हुन नसकिने भन्दै शुद्ध खानेपानीका लागि सबैले जनतामा चेतना फैलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमलाई समापन गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम शाहले गाउँपालिका खानेपानी तथा सरसफाई उभोक्ता महासंघले खानेपानी तथा सरसफाईका विभिन्न समस्या तथा चुनौतिहरुलाई समाधान गर्नुपर्ने बताउनुभयो ।
स्वच्छ, सफा र सुन्दर वातावरणका लागि विभिन्न गाउँटोल, विद्यालय, अस्पतालहरुमा पुग्नुपर्ने बताउनुभयो । उहाँले खेतबारीमा घरबाट निस्कने प्लाष्टिक, बोत्तल, गुटखाका प्याकेटले कपिलवस्तुमा विकराल समस्या उत्पन्न गरेको बताउँदै त्यसको व्यवस्थापन गर्नुपर्नेमा शाहले जोड दिनुभयो । यसले गर्दा कपिलवस्तुमा २.५ प्रतिशत उत्पादन घटेको बताउँदै आजैदेखि यस्ता नकारात्मक पदार्थलाई व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रम खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, ६ का वडाध्यक्ष प्रेम बहादुर कलवार, ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमान, शिवराज नगर खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघकका अध्यक्ष टोपलाल पोख्रेलको विशिष्टि आतिथ्यतामा रहेको कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला शाखाका सदस्य नुन बहादुर वि.सी.को स्वागत मन्तव्य र जिल्ला सचिव धर्म गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


