४० देखि ५९ वर्ष उमेर समूहकालाई भेरोसेल खोप लगाइँदै
काठमाण्डाै – आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले कोरोनाविरुद्धको खोप भेरोसेल लगाउने भएका छन् ।
यसअघि गएकाे २५ गते चिनियाँ कम्पनीको यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका पेशागत नागरिकलाई लगाइएको थियो ।
यो उमेर समूहका ४१ हजार जनाले यो खोप लगाइसकेकाले आजदेखि ४० देखि ५९ वर्षका नागरिकलाई खोप लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतकाे खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो।
उहाँका अनुसार सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् । खोप लगाउने व्यक्तिले परिचय पत्र भने अनिवार्य बोक्नु पर्नेछ ।
चीनले नेपाललाई अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अहिले वितरण भइरहेको हो । यो खोप पनि कोभिसिल्ड खोप जस्तै दुई मात्रा लगाउनुपर्छ । पहिलो डोज लगाएको २८ दिनपछि यो खोपको दोस्रो डोज लगाउनुपर्छ ।
यसैबीच, सरकारले गएको माघ १४ गते पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका चार लाख ३९ हजार जनालाई आउँदो ७ गतेदेखि दोस्रो डोज वितरण गर्ने तयारी गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


