ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजारभन्दा धेरै कारबाहीमा
काठमाण्डाै – ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार जनाभन्दा धेरै कारबाहीमा परेका छन् ।
काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा २ हजार १ सय ५० जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सबैभन्दा धेरै जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गर्नेहरु कारबाहीमा परेका छन् । २४ घण्टामा जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गर्ने एक सय ९२ जनालाई कारबाही भएको छ ।
यस्तै, ढोका खुला राखेर गाडी चलाउने १२३, जथाभाबी गाडी रोकेर यात्रु चढाउने र ओराल्ने ८८ जना, पाटपूर्जा बिग्रिएका गाडी चलाउने ७२ जना, रातो बत्तीमा नरोकिने ४६, नम्बर प्लेट स्पष्ट नभएको गाडी चलाउने ३४ र जाँडरक्सी खाएर गाडी चलाउने ९ जनालाई कारबाही भएको छ ।
ट्राफिक प्रहरीले सडक लेन अनुशासन पालना नगर्ने तथा सवारी चालक अनुमति (लाइसेन्स)लगायत कागजात नभएकालाई पनि कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना हुँदै आएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


