हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाकाे ज्यान गयाे
सप्तरी – हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक जनाकाे ज्यान गएकाे छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी-१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको ज्यान गएको हाे ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार काेशी ब्यारेकको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएका नारायणलाई आज बिहान हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट ज्यान गएको जानकारी पाएपछि घटनास्थलमा आरक्षका रेञ्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताउनुभयो ।
साथै, शव परीक्षणका लागि राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


