‘कोपा डेल रे’ फुटबलको उपाधि बार्सिलोनालाई

काठमाण्डाै – बार्सिलोनाले स्पेनिस ‘कोपा डेल रे’को फुटबलको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा एट्लेटिकाे बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले खेलको ६८ औँ र ७२ औँ मिनेटमा गोल गरे । यसअघि एन्टोनियो ग्रीजम्यानले ६० र  फ्रेन्की डी जोङले ६३ औँ मिनेटमा एक/एक गोल गरेका थिए । बार्सिलोनाले ३१ औं पटक ‘कोपा डेल रे’को उपाधि जितेको हो । 

TOP