चौरजहारी अस्पतालका एक डाक्टर पक्राउ
रुकुम पश्चिम – चौरजहारी अस्पतालमा कार्यरत एक जना डाक्टर पक्राउ परेका छन् । अस्पतालका डा. दीपेन्द्र गौतमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो ।
शैक्षिक योग्यताकाे प्रमाणपत्र सम्बन्धी मुद्दामा गाैतमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिखत सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाण्डौको पक्राउ आदेशपछि उनलाई पक्राउ गरिएको हो ।
मनाङको कामे गाउँपालिका ५ का डा. गौतममाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग उनीमाथि छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


