कांग्रेसकाे केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दै
काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।
तयारी नपुगेको भन्दै हिजो स्थगित गरेको बैठक आज दिउँसो दुई बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने पौडेलले बताउनुभयो । कांग्रेसको संस्थापन पक्षले आउँदो भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


