सभामुख सापकाेटाविरुद्धकाे मुद्दा हेर्न नभ्याइने सूचीमा
काठमाण्डाै – सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा बुधवार (आज) पनि सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिएकोमा अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दा सुनुवाइका लागि पेशी तोकिएको थियो । सापकोटाविरुद्धको मुद्दा यसअघि पनि पटक–पटक पेशीमा परे पनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।
सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो ।
अर्जुनकी श्रीमती पूर्णिमायाले २०६९ मङ्सिर ७ गते कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतको आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटालगायत अरू ६ जना माओवादी नेता/कार्यकर्ताविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


