कपिलवस्तु प्रहरीले संचालन गर्याे तपाईको मास्क खोइ अभियान

कपिलवस्तु

दैनिक रूपमा संक्रमित बढ्दै गएपछि कोरोना भाइरस रोकथामको लागि कपिलवस्तु प्रहरीले तपाईको मास्क खोइ अभियान संचालन गरेको छ । ‘तपाईको मास्क खै भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहीर उपरिक्षक नवराज अधिकारी सडकमा उत्रिएका छन ।

कपिलवस्तु प्रहरीले जिल्लाको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको र्याली आयोजना गरि सन्देश मुलक सूचना प्रवाह गरि रहेको प्रहीर उपरिक्षक अधिकारीले जनाए । जिल्लाको निर्देशन अनुसार मास्क नलगाई हिंड्ने व्यक्तिलाई ‘तपाईको मास्क खोइ, भन्दै मास्क समेत वितरण गरिएको इप्रका बहादुरगंजका प्रहरी नायब निरीक्षक धर्मराज भण्डारीले बताए । कोरोना भाइरसबाट जोगिनका लागि मास्क लगाउनु पर्छ भन्ने सन्देस दिँदै मास्क वितरण गरिएको प्रही नायब निरीक्षक भण्डारीले बताए ।


भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा मास्कको प्रयोग गरी आफु र आफ्नो परिवारलाई सुरक्षित गराउन कपिलवस्तु प्रहरीले अनुरोध गरेको छन ।

TOP