भेरी अस्पतालमा अक्सिजन खरीद गर्न पुर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले दिए ५० लाख रुपैयाँ
बाँके, बैशाख । बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद तथा पूर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगञ्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् ।
पुर्व मन्त्री राईले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका हुन । लाइभपाटी डट कमसगँ कुरा गर्दै पुर्व मन्त्री राईल भने–‘नेपालगञ्ज उपमहानगरपालिका भित्र बाटो र धार्मिक संस्था भित्रको निर्माण कार्य कार्यान्वयन नगरेको रकमलाई रकमान्तर गरी कोभिडको बिरामीको लागि आवश्यक पर्ने ५ हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।’
पछिलो समय नेपालगञ्ज उपमहानगरपालिका भित्र कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ ।
यहीबेला पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्वर २ का सांसद राईले भेरी अस्पताललाई ५० लाख रकम भेरी अस्तपताललाई अक्सिजन खरीदका लागि उपलब्ध गराएका गरेका छन् ।
बाँके क्षेत्र नम्वर २ का सांसद राईले अस्पतालमा अक्सिजनको अभाव कम हुने र कोरोना संक्रमितलाई राहत भेरी अस्पताललाई ५ हजार थान अक्सिजन खरीदका लागि उक्त रकम प्रदान गरेको जानकारीदनिुभयो ।
पुर्व मन्त्री राईले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि मनकारीहरुसँग सहयोग गर्न आग्रहसमेत गरेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


