अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा नेपालको अहिलेसम्मकै धेरै रन
काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधिका लागि अहिले नेपाल र नेदरल्याण्डस् खेलिरहेका छन् । उपाधिका लागि नेपालले नेदरल्याण्डस्लाई २ सय ३९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । नेपालका कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले उच्च रन बनाएको हो । भुर्तेल ५३ बलमा ७७ रन बनाएर आउट भए । त्यस्तै कुशल मल्ल २४ बलमा ५० रन बनाउँदै नटआउट रहे । दिपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रन बनाएर नटआउट रहे ।
यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आशिफ शेखले ८ बलमा १६ रन बनाएर आउट भए । नेपालले आज बनाएको दुई सय ३८ रन अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटकै धेरै रन हो । यसअघि सन् २०१९ को साग गेममा नेपालले भुटानसँगको खेलमा दुई सय ३६ रन बनाएको थियो । नेपाल लिग विजेता र नेदरल्याण्डस् उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नेपालले नेदल्यान्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो ।
दोस्रो खेलमा भने नेपाल नेदरल्यान्डसँग तीन विकेटले पराजित भएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


