कपिलवस्तुमा छत बाट खसेर १८ महिनाका वालकको मृत्यु
कपिलवस्तुमा घरको छत बाट खसेर १८ महिने वालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा ५ चन्द्रौटा सहजटोल बस्ने बसन्त विकका १८ महिनाका छोरा अभिषेक विक आफ्नै घरको छतवाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
बिहान ६ बजेको समयमा छत वाट खसेको र उपचारको लागि बुटवलको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भण्डारीले बताउनुभयो । शवलाई पोष्टमार्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


