सरकारको निर्णयविपरीत विद्यालय सञ्चालन गर्ने राजविराजका ११ जना प्रिन्सिपल नियन्त्रणमा
राजविराज — सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गरेको भन्दै सप्तरी प्रशासनले सोमबार बिहान राजविराजका ११ वटा विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिएको छ ।
राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोली राजविरा मा सञ्चालनमा रहेका निजी विद्यालय पुगेका थिए ।
सो क्रममा विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालय का प्रिन्सिपललाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । नियन्त्रणमा लिइएका हरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन-२०२० अनुसार कारबाही गरिने पोख्रेलले बताए । सरकारले गत सोमबार नै राजविराजका विद्यालय बन्द गर्ने आदेश गरेको थियो । त्यसविपरीत यहाँका केही विद्यालय खोलिएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


