काठमाण्डाै उपत्यका छाड्नेलाई दुई दिनकाे समय : सीडीओ पराजुली
काठमाण्डाै – सरकारले निषेधाज्ञा गर्नुअघि काठमाण्डाै उपत्यका छाडेर घर जान चाहनेका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले कोभिड सङ्क्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एक हप्ता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि दुई दिनको समय दिइने बताउनुभयो ।
सोमवार काठमाण्डाै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कम्तीमा दुई दिनको समय दिएर एक हप्ताका लागि काठमाण्डाै उपत्यकामा निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको हुन् । कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि सङ्क्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा लगाउने निर्णय भएको सीडीओ पराजुलीले बताउनुभयो ।
लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि मापदण्ड पूर्णरूपमा पालना नहुँदा सङ्क्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ । त्यसैले थप भयावह स्थिति आउन नदिन निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


