काठमाण्डौ उपत्यकामा एकै दिन एक हजार नाै सय १२ जनामा कोरोना पुष्टि
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै एक हजार नाै सय १२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काठमाण्डौमा एक हजार पाँच सय ६७ जना, ललितपुरमा दुई सय २३ जना र भक्तपुरमा एक सय २२ जना सङ्क्रमित फेला परेका हुन् ।
काठमाण्डौ उपत्यका केही दिनदेखि कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको छ । बाक्लो बस्ती, ठूलो अर्थतन्त्र, सक्रिय जनजीवन लगायतका कारण विज्ञहरूले काठमाण्डौ उपत्यकालाई अत्यन्तै जोखिमपूर्ण ठाउँ मानेका छन् ।
त्यस्तै पछिल्लाे २४ घण्टामा देशभर तीन हजार पाँच सय ५६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


