नेपाल समूहले दायर गरेको मुद्दामा लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले मुद्दामा सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश दिएको हो ।
निर्वाचन आयोग, एमाले अध्यक्ष ओली लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
पार्टी विधान विपरीत आफूहरूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्न लागेको भन्दै रोक्न माग गरी माधव नेपाल समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । वरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले रिट निवेदन दिनुभएको थियो ।
सर्वोच्चले माग बमोजिम अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


