शिवराजका स्वास्थ्य चौकी प्रमुखहरु भ्रमणमा, स्वास्थ्य सेवा प्रभावित
कपिलवस्तु , कपिलवस्तु शिवराज नगरपालिका भित्र रहेका ९ स्वास्थ्य चौकी प्रमुखहरूलाई भ्रमण गएपछि स्वास्थ्यसेवा प्रभावित भएको छ । कोरोनाको संक्रमण बढेको अवस्थामा स्वास्थ्यकर्मी भ्रमणमा जादा सेवाग्राहीलाई समेत असर गरेको छ । कोभिड संक्रमित बढीरहेको अवस्थामा स्वास्थ्यचौकी प्रमुख भ्रमणमा जानू नागरिक प्रती उत्तरदायी नभएको नगरबासीले बताउछन ।
शिवराज नगरपालिकाको २ लाखको लागतमा अन्तर प्रदेश अध्ययन अवलोकन शिर्षकमा स्वास्थ्यकर्मीहरु भ्रमण गएको नगरपालिकाले जनाएको छ । भ्रमणमा शिवपुर स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेल, विसनपुर स्वास्थ्य चौकी प्रमुख प्रकाश पोख्रेल, चनई स्वास्थ्य चौकी हनुमान प्रसाद कोहार , खरेन्द्रपुर स्वास्थ चौकी जित बहादुर विसि, थुन्हियाका प्रमुख राजेश कुवार, जवाभारीका बिष्णु बहादुर क्षेत्री, शिवगढिका प्रमुख बिरेन्द्र कुमार मिश्र लगायय कार्यालय छोडेर भ्रमणमा गएको खुल्न आएको छ ।
सेवाग्राहीलाई स्वास्थ्य चौकी गएपछि फर्किने गरेका छन । केहि सुबिधा चौकिमा रहेका अन्य स्वास्थ्यकर्मीले उपचार गर्दै आएको नगरपालिकाले जनाएको छ । शिवराज नगरपालिकामा अहिले ३० जना कोरोना संक्रमित रहेका छन । ती मध्ये एक जना स्वास्थ्यकर्मीको अवस्था जटिल रहेको स्वास्थ्य शाखा प्रमुख चुडामाणी भट्टराईले जानकारी दिनु भयो । नगरमा अक्सिजनको थप ब्यस्थापन भैरहेको प्रमुख भट्टराईले बताउनु भयो । संक्रमण बढदै गएकोले स्वास्थका मापदण्ड आपनाउनु पर्ने स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनु भयो । मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गरि दैनिक कार्य संचालन गर्न भट्टराईले अनुरोध गर्नु भयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


