प्रिमियर लिग : क्रिष्टल प्यालेससँगको खेलमा लेस्टर सिटी विजयी
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २-१ गोलले पराजित गरेको छ ।
लेस्टरको लागि क्यास्टानियोले ५० औँ र इहानाचोले ८० औँ मिनेटमा गोल गरेका हुन्। क्रिस्टल प्यालेसका लागि जाहले १२ औँ मिनेटमा एक गोल गर्दै अग्रता बनाए पनि जोगाउन सकेनन् । जितसँगै लेस्टर सिटी ६२ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । ३८ अङ्क रहेकाे क्रिस्टल १३ औं स्थानमा छ ।
लिगमा म्यानचेस्टर सिटी ७७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ६७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


