नेपालबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक
काठमाण्डाै – सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक लगाएको छ ।
अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जाने उद्देश्यले नेपाल आउन र नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्य देश जान रोक लगाएको हो । यो नियम आज राति १२ बजेदेखि लागू हुने विभागले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण अर्काे सूचना नआएसम्मका लागि प्रतिबन्ध लागेको विभागले जनाएको छ ।
भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेकाले दिल्लीबाट सिधा उडानमार्फत नेपालमा दैनिक सयौँ भारतीय नागरिक आउने गरेका थिए । साउदी अरबले भारतसँगको सिधा उडान रोकेपछि साउदीमा काम गर्ने भारतीय नागरिक नेपालको बाटो हुँदै साउदीतर्फ जाने गरेका थिए । विभागले नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट बाहिरिने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने जनाएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


