कर्णाली प्रदेश सभा बैठक स्थगित, ‘महामारीमा नागरिकलाई साथ दिनुपर्छ’
सुर्खेत – कर्णाली प्रदेश सभाकाे बैठक स्थगित भएकाे छ । एमालेले कोरोना माहामारीको समयमा नागरिकलाई साथ दिनुपर्ने भन्दै सदनमा अवराेध गरेपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको हाे ।
एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बैठकको सुरुमै कोरोनाले नागरिक पीडामा भएको बेलामा यसरी सदन बस्न औचित्य नभएको भन्दै प्रदेश सभाको बैठक स्थगित गर्नुपर्ने माग राखेपछि एमालेका सबै सांसद उठेर बैठक स्थगित गर्नुपर्ने माग राखेका थिए । त्यसपछि सभामुख राजबहादुर शाहीले अर्को सूचना नआउने बेलासम्मका लागि प्रदेश सभा स्थगित भएको जानकारी गराउनुभएको थियो ।
एमाले संसदीय दलका प्रमुख सचेतक शाहले कोरोनाले नागरिक पीडामा हुँदा सरकार नसुन्ने भएकाे बताउनुभएको छ । बुधवार बसेको प्रदेश सभाको बैठकमा उहाँले प्रदेश सरकारलाई पहिलेदेखि नै भन्दै आए पनि कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउनुभएको हो ।
‘विकास, सवाल फेरि गराैँ । अहिले नागरिकमा परेको पीडामा भावना साट्ने कि नसाट्ने ? यसतर्फ सोचौँ । नागरिककाे पीडामा साथ दिऔँ’, उहाँले भन्नुभयाे, ‘यस्तो समयमा संसद् चल्न उपयुक्त हुन्छ कि हुँदैन । जनप्रतिनिधि भएर नागरिककाे भावना बुझाैँ । सदन स्थगित गरियोस् ।’
प्रमुख सचेतक शाहले नागरिकले दुःख पाएको समयमा सदन चलेको औचित्यपूर्ण नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सदनमा नागरिकका भावना राख्न चाहन्छाैँ । कोरोनाले यस्तो परिस्थिति छ । सरकारले निषेधाज्ञा गरेको छ । नागरिक त्रासपूर्ण अवस्थामा छन् । भोकभोकै हुनुपर्ने अवस्था छ । यस्तो अवस्थामा हामीले संसद् बैठक बस्नुको औचित्य हुँदैन । नागरिककाे पीडामा साथ दिनुपर्छ ।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


