दुई गाेलकाे अग्रता जाेगाउन नसक्दा चितवन बराबरीमा राेकियाे
काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको बुधवार (आज) काे खेलमा दुवै टोलीले दुई/दुई गोलको बराबरी खेलेका हुन् ।
खेलको १९ मिनेटमै दुई गोलको अग्रता लिए पनि चितवनले त्यसलाई जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । चितवनका लागि जर्ज प्रिन्स कार्कीले १५ औँ मिनेटमा र १९ औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे । लुम्बिनीका आशिष लामाले ३२ औँ मिनेटमा र लक्ष्मण रुचालले ६४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
आजको बराबरीसँगै बुटबल लुम्बिनी चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । चितवनले भने दुई खेलमा बराबरी खेल्दै दुई अङ्क जोडेको छ ।
आजको दोस्रो खेलमा अहिले साढे ५ बजे विराटनगर सिटी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । विराटनगरले पहिलो खेल जितेको थियो भने पोखरा पराजित भएको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


