तेह्रथुमको आठराईमा चट्याङ्ग लागेर एक जनाकाे ज्यान गयाे

पाँचथर – तेह्रथुमको आठराई गाउँपालिका-४ ईवामा चट्याङ्ग लागेर एक जनाकाे ज्यान गएकाे छ । 

बुधवार साँझ चट्याङ्ग लागेर ईवाका ४७ वर्षीय लोकमान गुरूङको ज्यान गएको प्रहरीले जनाएको हाे । घरमै बसेका गुरूङलाई चट्याङ्ग लागेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजारमा राखिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारले जनाएको छ ।

TOP