कैलाली र कञ्चनपुरमा वैशाख २२ गते मध्यरातसम्म निषेधाज्ञा
कञ्चनपुर – स्थानीय प्रशासन कार्यालयले कैलाली र कञ्चनपुरमा घाेषणा गरेकाे निषेधाज्ञा सुरु भएको छ। कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न अर्थात् फैलिने लहर तोड्न कैलाली र कञ्चनपुरमा बिहीवार (आज) बिहानदेखि निषेधाज्ञा लगाइएकाे हाे ।
यी दुई जिल्लामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकाे दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । जिल्लामा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको उनीहरूले बताएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले निषेधाज्ञा गर्नु बाध्यात्मक अवस्था रहेकाले सबै नागरिकलाई गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी घरमै सुरक्षित बस्न आग्रह गर्नुभएकाे छ निषेधाज्ञाको उल्लङ्घन गरिए कानुनअनुसार कडा कारबाही गरिने उहाँको भनाइ छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


