नेपाल–भारत सीमा बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख १६ गते बिहीबारदेखि नेपाल–भारत सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाउने गर्ने निर्णय गरेको हो। 

पछिल्लो समय छिमेकी देश भारतमा पनि तिव्र गतिमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा संक्रमण बढ्दै जाँदा सिमानाका कारण नेपालमा पनि यसको जोखिम बढेको छ ।

TOP