रुकुम पश्चिममा वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा
रुकुम पश्चिम – यही वैशाख १९ गते आइतवारदेखि लागू हुने गरी रुकुम पश्चिममा निषेधाज्ञा लगाइने भएकाे छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको नयाँ ‘भेरिएन्ट’ सहितको सङ्क्रमण दर तीव्र गतिमा बढेकाले निषेधाज्ञा लगाउनुपरेकाे केन्द्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले सङ्क्रमण दर बढ्न सक्ने हुँदा सङ्क्रमण फैलावटको साङ्लो तोड्न एवम् सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यवस्थापन गर्न निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
निषेधाज्ञा वैशाख १९ गते आइतबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रवार राति १२ बजेसम्म लागू हुनेछ । यस अवधिमा अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारीसाधन बाहेक अन्य सबै प्रकारका सेवा र हिँडडुलमा समेत निषेध गरिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले कोरोना सङ्क्रमणकाे दाेस्राे लहरबाट अहिलेसम्म रुकुम पश्चिममा एक सय पाँच जना सङ्क्रमित भएको, दुई जनाको ज्यान गएको र पाँच जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाइएकाले यस्तो निर्णय गरेको बताउनुभयो । सङ्क्रमितमध्ये नाै जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ भने ८९ जना होम आइसाेलेशनमा छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


