घोराहीकाे पर्यटकीय गाउँ घोरदौरामा खानेपानीकाे हाहाकार
दाङ – गर्मीयाम सुरु भएसँगै दाङको सदरमुकाम घोराही उपमहानगरपालिकाको पर्यटकीय गाउँ घोरदौरामा खानेपानीकाे हाहाकार भएको छ । घोरदौराबासी गाउँदेखि धेरै टाढा पैदल हिँडेर पानी लिन जान्छन् । घण्टौँको बाँटो हिडेर पानी ल्याएर खानुपर्ने घोरदौराबासीको बाध्यता छ । उनीहरूले अहिले एक घण्टा पैदल हिँडेर धरमपानी र कमिरेबाट ल्याएकाे पानी खाइरहेका छन् ।
‘एकातिर कोरोना जोखिम छ, अर्को हामीलाई खानेपानीको निकै चिन्ता छ स्थानीयवासी दीपा महराले भन्नुभयो’, ‘एक घण्टा टाढाको बाटोबाट पानी बोक्नुपर्ने बाध्यता छ । घोरदौरामा पानीको कुनै स्थायी मूल छैन ।’

‘भूगोलका हिसाबले घोराही उपमहानगरपालिकाभित्र परे पनि उपमहानगरस्तरका कुनै पनि सेवा सुविधा हामीले प्रयोग गर्न पाएका छैनौँ । पानीले व्याकुल हुँदै घण्टौँको बाटो हिँडेर पानी ल्याएर पिउनुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ सरकार ? हामीलाई पानीको व्यवस्था गर्नतर्फ नगरको ध्यान किन पुग्दैन ?’, उहाँले प्रश्न गर्नुभयाे ।
अर्का स्थानीयवासी मीना पुनले घण्टौँ हिँडेर गाग्रीमा पानी बोक्दा निकै अप्ठ्यारो भएको गुनासो गर्नुभयो । त्यस्तै स्थानीयवासी दिलबहादुर घर्तीकाे गुनासाे छ, ‘कोरोनाको पनि धेरै डर छ । दाङमा पनि दैनिक मान्छे मरिरहेका छन् । बाँच्नका लागि खानै पर्याे, हामीलाई कोरोना भन्दा पनि खानेपानीको चिन्ता छ ।’
खानेपानीको वैकल्पिक व्यवस्थापन गर्न भन्दै घोराही उपमहानगरपालिकाले अहिले घोराही बजारबाट ट्याङ्करमा पानी पठाउने गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


