स्वास्थ्य प्रणालीले धान्न सकिएन भन्दै सरकार पन्छिन खोज्नु आपत्तिजनक : चिकित्सक संघ
काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको लागि बेड अभाव रहेको र स्वास्थ्य प्रणालीले धान्न नसकेको विज्ञप्ति निकालेकोमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघले आज विज्ञप्ति निकालेर नागरिकका साथमा रहनुपर्ने सरकार नै महामारीबाट पन्छिन खोज्नु आपत्तिजनक रहेको बताएको हो । अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड विरुद्धको खोप समयमा नै दिएर र श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारीसँग जुध्न संघले सुझाव दिएको छ ।
संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै संक्रमित हुँदै गइरहेको अवस्थामा उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्यसम्म उपचार दिन सक्ने वातावरण बनाउन पनि संघले माग गरेको छ ।
नेपाल चिकित्सक संघले महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैं सरकारलाई सहयोग र सहकार्य गर्न तत्पर रहेको नजाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


