थपिए १० आईसीयूसहित १ सय बेड, पालिकाहरु अक्सिजनसहितका आइसोलेशन बनाउँदै
दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा शैय्या (बेड) थपिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा यस अघि ५ वटा आईसीयू र एचडीसीयू बेड गरी ३५ बेड थिए । यसलाई बढाएर आईसीयू दश वटा, एचडीसीयू बेड ५० वटा र सामान्य बेड ४० गरी एक सय बेड तयार पारिएको छ ।
अस्पताल व्यवस्थापन पक्षले दिएको जानकारी अनुसार शनिबार नै जनशक्ति पनि थप्ने तयारी गरिएको छ । यस अघि ३५ वटा बेड मात्रै हुँदा बिरामीलाई अस्पतालको बरण्डामै राखेर उपचार गरिएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो भवनको माथिल्लो तला पनि अस्पतालको लागि प्रयोग गर्न दिएको उपकुलपति कार्यालयका सहप्रशासक विनयकुमार पोखरेलले बताउनुभयो । पहिले विद्यालयको तल्लो तला मात्र उपलब्ध थियो ।
यस्तै कोरोना सक्रमण तीव्र गतिमा बढेसगै दाङका दश वटै पालिकाहरु पनि आवश्यक तयारीमा जुटेका छन । पालिकाहरुले धमाधम आइसोलेशन बेड तयार गरी बिरामी राख्न सक्ने अवस्थामा पुगेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर ८ अश्वारामा ५० बेडको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार आइतबारबाटै आइसोलेशन सञ्चालनमा ल्याइनेछ ।

यस्तै घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना बिरामीका लागि आवश्यक पर्ने बेड तयार गरिरहेको जनाएको छ । त्यसका लागि आवश्यक पर्ने ४५ लाख रुपैयाँ बिनियोजन गरी बेड बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
पश्चिम दाङको बबई गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हापुरे प्राथमिक अस्पतालमा अक्सिजन सहितको तीस बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको जनशक्ति परिचालन गरि सोमबारबाट अस्पतालको सेवा शुरु गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै दगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीका अनुसार श्रीगाउँ स्वास्थ्य केन्द्रमा दश बेडको आसोलेशन केन्द्र निर्माण गरिएको छ । पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाले कोरोना माहामारीलाई मध्यनजर गर्दै २० शैय्याको अस्थायी कोरोना विशेष अस्पताल स्थापना गरेको छ ।

गाउँपालिकाले स्थापना गरेको कोरोना अस्पतालमा कोरोनाका कारण थलिएका बिरामीहरुलाई राखेर उपचार गरिने बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताउनुभयो । यसैगरी गाउँपालीकाले कोरोना रोकथामका लागि २० लाखको कोरोना कोष पनि स्थापना गरेको अधिकृत वलीले जानकारी दिनुभयो ।
यस्तै देउखुरीका लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकाले पनि आफ्नो पालिकालाई चाहिने अक्सिजनसहितका आइसोलेशन बेड तयार गरिरहेको जनाएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


