चार महिनादेखि पार्किङमा राखेको कारभित्र तीन शव फेला
दाङ – दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कारभित्र तीन वटा शव फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेकाे स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन शव फेला परेका हुन् । कार विगत चार मिहनादेखि त्याे स्थानमा पार्किङ गरेर राखिएकाे प्रहरीले जनाएका छन् ।
‘चार महिनादेखि पार्किङ गरि राखेको कारभित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले भन्नुभयो, ‘बेलुका ८ बजे तिर म यहाँ आइपुगेका छु घटना बारे अनुसन्धान हुँदै छ ।’
घटनाको अवस्था नियाल्दा गम्भीर प्रकृतिको देखिएकाले अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डीएसपी सिंहले बताउनुभयो। डीएसपी सिंहले गाडी स्याउली बजारमा गएकाे माघदेखि नै पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताउनुभयो ।
शनिबार बेलुका एउटा बस पार्किङका लागि कार छेउमा जाँदा बसका स्टाफले कारभित्रबाट गन्ध आएकाे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


