साउन १ गतेदेखि श्रमिकको यूनतम तलब १५ हजार, राजपत्रमा सूचना प्रकाशित
काठमाण्डाै – श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् ।
सरकारले न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगानमा काम गर्नेबाहेकका श्रमिकले साउनदेखि १५ हजार रुपैयाँ तलब पाउने भएका हुन् ।
नयाँ न्यूनतम पारिश्रमिकमा ९ हजार ३ सय ८५ आधारभूत पारिश्रमिक र ५ हजार ६ सय १५ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ । एक दिनको तलब ५ सय ७७ र एक घण्टाको तलब ७७ रुपैयाँ हुन आउँछ । दैनिक तलबमा ३ सय ६१ रुपैयाँ आधारभूत पारिश्रमिक र २ सय १६ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ ।
एक घण्टाको तलबमा ४८ रुपैयाँ आधारभूत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता हुन आउँछ । यसअघि गएको शनिवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको मासिक पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पुर्याउने बताउनु भएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


