दाङमा २१ दिने शिशुमा पनि कोरोना सङ्क्रमण
दाङ – दाङमा २१ दिने शिशुमा पनि कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा आज (सोमवार) गरिएको पीसीआर परीक्षणमा घाेराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो ।
साेमवार नै वडा नम्बर १५ कै एक महिने अर्का शिशुसहित ६० जनामा कोरोना सङ्क्रमण देखिएको हो । घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा दुई सय ६१ जनाकाे पीसीआर परीक्षण गरिएकाेमा दुई सय एक जनामा पोजेटिभ देखिएको हो ।
सङ्क्रमित हुनेहरूमा घोराही र तुलसीपुरका धेरै छन् । योसँगै दाङमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक हजार आठ सय नाघेको छ । अहिलेसम्म दाङमा कोरोनाबाट ८१ जनाकाे ज्यान गएकाे छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


