दिल्लीमा काेराेना महामारी नियन्त्रणका लागि सेनालाई आग्रह
काठमाण्डाै – भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ५५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा दुई करोड दुई लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा तीन हजार चार सय ३८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख २२ हजार नाघेको छ । यसैबीच भारतको राजधानी दिल्लीका अधिकारीहरुले महामारीमा सहयोगका लागि सेनालाई आग्रह गरेका छन् ।
कोरोना महामारीको दोस्रो लहरको प्रभाव बढ्दै जाँदा अवस्था नाजुक बनेको भन्दै दिल्लीका अधिकारीहरुले सहयोगका लागि सेनालाई आग्रह गरेका बीबीसीले जनाएको छ । अक्सिजन, शैया र स्वास्थ्यकर्मीको अभावमा सहरका अस्पतालहरु सङ्कटमा पर्दै गएको दिल्ली सरकारले जनाएको छ ।
यो सङ्कटको बेलामा उपचार कक्षहरु सञ्चालन, अक्सिजनको सहज आपूर्ति लगायतका कामका लागि सेनालाई आग्रह गरेको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बताउनुभयो । रक्षा समितिको नेतृत्वमा पर्याप्त स्रोतसाधनसहित सेनाले काम गर्दा महामारी नियन्त्रण र क्षति कम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
दिल्लीमा अक्सिजनको अभावमा सङ्क्रमितले दैनिकजसो ज्यान गुमाइरहेका छन् भने शैया अभावमा कयौँ मानिस तड्पिरहेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


