मोदीको निर्वाचन क्षेत्रका बासिन्दाको प्रश्न : सङ्कटमा प्रधानमन्त्री कहाँ हराए ?
काठमाण्डाै – कोरोना महामारीमा साथ नदिएको भन्दै भारतको उत्तरप्रदेशका बासिन्दाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आक्रोश व्यक्त गरेका छन् ।
हिन्दुहरुको लागि संसारकै पवित्र सहर वाराणसी तथा आसपासमा क्षेत्रमा महामारी भयावह बन्दा पनि कुनै साथ नदिएको भन्दै त्यहाँका नागरिकले आक्रोश व्यक्त गरेका बीबीसीले जनाएको छ ।
मोदीले आफ्नै निर्वाचन क्षेत्रमा बढेको सङ्कटमा समेत साथ नदिएको उनीहरुको गुनासो छ । वाराणसीसहित उत्तर प्रदेशका नागरिकहरुले सङ्कटका बेला प्रधानमन्त्री कहाँ छन् भनेर सोधिरहेका बीबीसीले जनाएको छ ।
वाराणसी र आसपासमा अक्सिजन तथा अस्पतालमा शैया अभाव भएको छ । कयौँ मानिस अक्सिजन अभावमा छटपटाइरहँदा पनि शैया या अक्सिजनको व्यवस्था गर्न नसकिएको त्यहाँका अस्पतालहरुले जनाएका छन् । लकडाउन तथा प्रतिबन्धहरुका कारण अभावहरु झेल्दै गरेको र सङ्क्रमणदर पनि नघटेको स्थानीयबासीन्दाले बताएका छन् ।
भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ भने दुई लाख २२ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । भारतको केन्द्रीय राजधानी दिल्लीका अधिकारीहरुले महामारी नियन्त्रणका लागि सेनासँग सहयोग मागेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


