ट्विटर र फेसबुकको प्रतिबन्धपछि ट्रम्पको आफ्नै ‘कम्युनिकेशन प्लेटफर्म’
काठमाण्डौ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै ‘प्लेटफर्म’मार्फत सामाजिक सञ्जालमा जोडिनुभएको छ ।
गएको जनवरीमा भएको वासिङ्टन डीसीको हिंसापछि डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले निलम्बन गरेको थियो । सामाजिक सञ्जालमा रमाउने डोनाल्ड ट्रम्पले आफूलाई लगाएको प्रतिबन्धको विरोध पनि गर्नुभयो । तर केही नलागेपछि अहिले ट्रम्पले आफ्नै वेबसाइट बनाएर त्यसैमार्फत समाजिक सञ्जालमा जोडिन लाग्नुभएको छ ।
उहाँको नयाँ वेबसाइट ‘ब्लग’ जस्तै छ । यसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ‘कम्युनिकेशन प्लेटफर्म’ भनेका छन् । यो नयाँ प्लेटफर्मको नाम ‘फ्रम द डेस्क अफ डोनाल्ड जे ट्रम्प’ राखिएको छ । अब यो प्लेटफर्ममा गएर प्रयोगकर्ताहरुले ट्रम्पका पोस्टलाई लाइक गर्न र फेसबुक तथा ट्विटरमा सेयर गर्न सक्नेछन् ।
ट्रम्पका सल्लाहकार ज्यासन मिलरले केही समय पहिले नयाँ सामाजिक सञ्जाल लञ्च हुन गइरहेको बताउनुभएको थियो । तर मिलरले मंगलबार यो नयाँ वेबसाइट कुनै सामाजिक सञ्जाल नभएको भन्दै ट्वीट गर्नुभएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


