२४ घण्टामा साढे आठ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण, ५८ जनाकाे ज्यान गयाे
काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा साढे आठ हजारभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा आठ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । काठमाण्डौमा मात्रै तीन हजार आठ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै नेपालमा थप ५८ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे छ ।
पछिल्लाे २४ घण्टामा एक हजार नाै सय ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आईसीयूआ रहेका ६ सय सङ्क्रमितमध्ये एक सय ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


