देउवालाई भेट्न ओली नेताहरूसहित बूढानीलकण्ठमा
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ जानुभएको छ । महासचिव ईश्वर पोख्रेल, नेताहरू सुवास नेम्वाङ र रामबहादुर थापालाई लिएर देउवालाई भेट्न ओली उहाँकै निवास जानुभएको हो ।
आउँदाे जेठ ६ गते हुने राष्ट्रिय सभाका सदस्यको उपचुनाव, २७ गते संसदमा विश्वासको मत लिने लगायतका विषयमा छलफल गर्न ओली देउवालाई भेट्न जानुभएको हो ।
राष्ट्रिय सभा सदस्यको चुनावमा कांग्रेसले माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा उठेका खिमलाल देवकोटालाई समर्थन गर्ने निर्णय गरिसकेको छ । कांग्रेसले हिजो प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ, माओवादीले बुधवार नै समर्थन फिर्ता लिइसकेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


