कपिलवस्तुमा निषेधाज्ञाको अवज्ञा गर्ने ९९ सवारी साधनलाई कारवाही

विश्वलाई नै आक्रान्त पारेको कोभिड-१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा  निषेधाज्ञा लागु गरेको आज दोश्रो दिन यस जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञाको अवज्ञा गर्ने सवारी साधनलाई कारवाही गरेको प्रहरीले जनाएको छ।

 आफु खुसी सवारी साधनमा आवत- जावत गर्ने व्यक्तिहरुबाट ९४-मोटरसाईकल, ४-अटोरिक्सा र १-ट्याक्टर गरी ९९ सवारी साधनहरु  निषेधाज्ञाको अवज्ञा गरेकाले नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरिएको छ ।  

साथै, अनावश्यक हिंड-डुल गर्ने व्यक्तिहरुलाई केही समय होल्ड गरी सम्झाई-बुझाई, मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई मास्क समेत दिई प्रहरीले घर पठाईएको छ ।

 कपिलवस्तुमा कुल संक्रमितको संख्या  ३००१ जना छ भने २१७२ जना निको भएर घर फर्कि सकेका छन् ।

कपिलवस्तुमा हाल संक्रमितको संख्या ८२९ रहेको छ, भने मुत्यु संख्या ५६ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
 
हाल विश्वकै अवस्था जीवन- मरणको संघारमा रहेको र मानवीय जगतको अस्तित्वका लागि पनि हामी केही समय घर भित्रै रहेर साथ र सहयोग गरिदिनु हुन जिल्ला प्रहरी कपिलवस्तु हार्दिक अपिल समेत गरेको छ । 

TOP