पत्रकारका लागि अक्सिजनसहित नौ शैयाको होल्डिङ सेन्टर सञ्चालनमा
काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड -१९ को जोखिममा रहेका पत्रकारहरुका लागि नौ शैयाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ।
महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा रहेको अतिथिगृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरमा रुपान्तरण गरिएको महासंघका अध्यक्ष अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।
‘फ्रन्टलाइनमा खटिएका पत्रकारलाई कोरोना संक्रमण भएमा वा जोखिममा रहेमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि नौ शैयाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याईएको अध्यक्ष पोखरेलले बताए।
कोभिड संक्रमण पुष्टी भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरुलाई होल्डिङ सेन्टरले सुविधा उपलब्ध गराइने छ। सेन्टरमा ज्वरो र अक्सिजन मापन गर्ने सुविधाका साथै स्वस्थ खानेपानी र खानाको समेत व्यवस्था गरिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


