काठमाण्डाै उपत्यकालगायत धेरै ठाउँमा मेघ गर्जनसहित वर्षा, भोलि र पर्सि ठूलो पानी पर्ने
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पहाडी क्षेत्रका धेरै ठाउँमा आज बिहानैदेखि मेघ गर्जनसहित पानी परेको मौसमविद्ले बताएका छन् ।
वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डाै, मकवानपुर, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, चितवनलगायतका क्षेत्रमा मघ गर्जनसहित पानी परिरहेको छ । आज तराईका जिल्लामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार देशभरिकै मौसम बद्ली भएको छ ।
प्रि मनसुनसँगै पश्चिमी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव परेकाले देशभरको मौसम बद्ली भइ केही ठाउँमा पानी परिरहेको हो । पानी पार्ने प्रणाली बन्दै फेरि सर्ने भएकाले एकै ठाउँमा लगातार पानी भने पर्ने छैन । आज राति पनि केही क्षेत्रमा चट्याङसहित पानी पर्ने अनुमान छ ।
यस्तै, भोलि र पर्सि भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


