गरिब परिवारलाई राहत सामग्री तथा नगद सहयाेग

कपिलवस्तु

कृष्णनगर नगरपालिका अन्तरगतका अति बिपन्न गरिब परिवारलाई राहत सामग्री तथा नगद सहयाेग गरिएकाे छ ।

बहादुरगंजमा रहेकको रीफ्रेस मानव सहयोग संस्थाका प्रमुख तारिक अजीजले ४० घरपरिवारलाई राहत सामग्री तथा नगद सहयाेग गर्नु भएको हो ।

बहादुरगंजमा रहेकाे अल कलम पब्लिक स्कुलमा सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको हो ।

नेपाल सरकारले कोभीड संक्रमण रोक्नाका लागि लकडाउन लागू गरेपछि मजदुरी गरिखानेलाई समस्या भएकोले राहत वितरण गरिएको तारिक अजीज खानले जानकारी दिनु भयो ।
राहत सामग्रीमा चामल, दाल, प्याज, नुन तेल लगायत खाद्यान्न सामान रहेकाे उहाले जानकारी दिनुभएकाे छ । राहत सामग्री पाएपछि मजदुर विपन्न गरिव परिवार खुसी भएका थिए ।

TOP